नियम ९७
व्यक्तिगत अभिलेख विवरण
(१) प्रहरी कर्मचारीको व्यक्तिगत अभिलेख तयार गर्र्दा निजको आचरण तथा कार्यसम्पादनको मूल्याड्ढन गरिएका विभिन्न पक्षहरू समेत स्पष्ट रूपमा खुलाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अभिलेख केन्द्रको कर्मचारी प्रशासन शाखामा राखी सोको जानकारी प्रहरी किताबखानामा पनि पठाउनु पर्नेछ ।